समाचार

युथ एक्सचेन्ज कार्यक्रममा भाग लिन नेपाली सेनाको टोली पाकिस्तान प्रस्थान

By खबरहब

December 11, 2023

काठमाडौँ– नेपाली सेनाको एक टोली आज बिहान पाकिस्तान प्रस्थान गरेको छ ।

पाकिस्तानमा आयोजना हुने युथ एक्सचेन्ज कार्यक्रममा सहभागी हुन नेपाली सेना राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीको नेत्वमा १३ जनाको टोली फ्लाई दुबईमार्फत पाकिस्तान प्रस्थान गरेको हो । टोली दुबई हुँदै पाकिस्तान जानेछ ।

टोलीमा उपरथी कार्कीकी श्रीमती संगीता कार्की, प्रमुख सेनानी पूजा कार्की र एनसीसी क्याडेड १० जना छात्रछात्रा रहेका छन् ।

कार्यक्रम आगामी पुस १ गतेसम्म चल्ने छ ।