ब्रेकिङ स्टोरी

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस

By खबरहब

December 11, 2023

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिवमा सिफारिस भएका छन्।

महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई महासचिवमा सिफारिस गरिएको हो।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सिफारिस गरेका हुन्।

सभामुख र अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यो पनि पढ्नुहोस् :

संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा