तस्विर- एएफपी

अन्तर्राष्ट्रिय

इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा

By खबरहब

December 11, 2023

तेल अवीव– इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२  औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । 

सो आक्रमित क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।