बलिउड/हलिउड

दशौँ दिनमा एनिमले तोड्यो पठान र जवानको रेकर्ड

By खबरहब

December 11, 2023

काठमाडौं– बलिउड नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य अभियान रहेको फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । पहिलो दिनदेखि राम्रो व्यापार गरेको यस फिल्मले अझै निरन्तरता पाइरहेको छ । 

सन्दीप भंगाको निर्देशन रहेको एक्सन थ्रिलर फिल्म एनिमलले पहिलो साता घरेलु बजारमा ३३७.५८ करोड भारुको व्यापार गरेको थियो । दोस्रो साता पनि सिनेमा हलमा फिल्मले दर्शको साथ पाइरहेको छ । 

प्रदर्शनमा आएको दोस्रो शुक्रबार यस फिल्मले २२.९५ करोडको व्यापार गरेको छ भने शनिबार ३४.७४ करोडको व्यापार गरेको छ । शुक्रबारको तुलनामा ५१.३७ प्रतिशतले बढी हो । 

त्यस्तै, प्रदर्शनको दशौँ दिन अर्थात् आइतबार यस फिल्मले ३७ करोड भारुको व्यापार गरेको भारतीय सञ्चार माध्यम एबीपीले दाबी गरेको छ । 

दशौँ दिनमा एनिमले पाँच सय करोड क्लबमा प्रवेश गरेका पठान र जवानको रेकर्ड तोडेको छ । प्रदर्शनको दशौँ दिन सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म बनेको छ । दशौँ दिनमा सनी देवलको गदर–२ ले ३८.९ करोडको व्यापार गरेको थियो । 

यससँगै यो फिल्मको घरेलु बजारमा ४२७ करोडको व्यापार गरेको छ ।