सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

December 11, 2023

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो ।

सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हाे ।

यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।