समाचार

यू-१९ एशिया कप : युएईद्वारा श्रीलंका २ विकेटले पराजित 

By खबरहब

December 11, 2023

काठमाडौँ– जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आयोजक युएईले श्रीलंकालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा युएईले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो ।

यो जितपछि युएईले समुह बि बाट सेमिफाइनलमा स्थान बनाउने सम्भावना बढेको छ । पहिलो खेल बङ्गलादेशसँग हारेको युएईको २ खेलमा २ अंक रहेको छ भने अब अन्तिम खेल कमजोर मानिएको जापानसँग खेल्ने छ । यसअघि आजै सम्पन्न  खेलमा बङ्गलादेशले जापानलाई ९ विकेटले पराजित गरेको थियो ।

योसँगै जापानले आफ्ना दुवै खेलमा हार बेहोरेर सेमिफाइनलको दौडबाट बाहिरिएको छ । त्यस्तै अब समुह चरणको अन्तिम खेलमा बुधबार बंगलादेश र श्रीलंका भिड्ने छन् भने युएई र जापान खेल्ने छन् । समुह बि मा बङ्गलादेशले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ श्रीलंकाको २ खेलमा २ अंक रहेको छ ।