खेलकुद

यू-१९ विश्वकपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

By खबरहब

December 11, 2023

काठमाडौं – दक्षिण अफ्रीकामा हुने आईसीसी यू–१९ विश्वकप क्रीकेटको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले आउँदो जनवरीमा हुने यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाडिएको छ । नेपाल समूह डीमा परेको छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

समूह ए मा भारत, बंगलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षीण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्बे र नामिबिया छन् ।

तालिका अनुसार नेपालले पहिलो खेल न्युजिल्यान्डसँग जनवरी २१, दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा खेल्नेछ । नेपाली यू–१९ टिम अहिले यूएईमा एसिया कप खेलिरहेको छ ।