अपराध

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

December 11, 2023

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङाको चम्पादेबी गाउँपालिका घर भई काठमाडौं बस्ने ३२ वर्षीय शेरबहादुर मगर रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मगरलाई हात्तिवनबाट पक्राउ गरेको हो ।

भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेको मगरलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।