समाचार

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

By खबरहब

December 11, 2023

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साका ३३ वर्षीय अफताव आलम र महोत्तरीका २७ वर्षीय विनय शाह रहेका छन् ।

उनीहरुले फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जालमा विभिन्न कम्पनीका मोबाईल विक्रीमा राखि ग्राहकबाट १० प्रतिशत अग्रीम भुक्तानी लिइ ठग्ने गरेको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले पिडितहरुबाट कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम अशुली गर्ने गरेका थिए । प्रहरीका अनुसार विभिन्न व्यक्तिहरुबाट उनीहरुले दश लाख ३९ हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।