समाचार

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

December 11, 2023

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

छथरजोरपाटी गाउँपालिका स्थित सिधुवाबाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक २८ वर्षीय दुर्गाबहादुर विकको उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालले चालक विकलाई मृत घोषणा गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए।

गम्भीर घाईते सहचालक १९ वर्षीय निर्मल जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए।