अन्तर्राष्ट्रिय

ब्राजिलमा सामाजिक सञ्जालले उचालेको विद्रोह

By मनोज घिमिरे

January 12, 2023

काठमाडौँ – ब्राजिलको न्यायालयले उच्च पदस्थ अधिकारीको समेत गिरफ्तारीलाई निर्देशन दिएको छ। दंगाधारीहरुले त्यहाँको भवनको माथिल्लो ठाउँमा आक्रमण गरे पछि प्रहरीले यो निर्देशन दिएको हो। सैनिक प्रहरीका पूर्व कमान्डर समेत रहेका अधिकारी गिरफ्तार पनि भई सकेका छन्।

महान्यायाधिवक्ताको कार्यालयले दिएको जानकारी अनुसार पूर्व सामुदायिक सुरक्षा प्रमुख एन्डरसन टोरेस लगायतको पनि दङ्गा भड्काउन भूमिका छ। टोरेस भने आफ्नो भूमिका भएको कुरामा असहमति जनाउँछन्।

पूर्व राष्ट्रपति जइर बोल्सानारोको समर्थकहरूले संसद् भवन, राष्ट्रपति निवास र न्यायालयमा समेत हिंसा भड्काए पछि पुलिस कमान्डर कणेल फाबियो अगस्टो बर्खास्त भएका छन्। लुलाको नामले चिनिने लुइस इनासियो लुला डा सिल्भा सत्तामा प्रवेश गरेको एक साता पछि यो हिंसा भड्किएको हो।

नाटकीय रूपमा सडकमा हजारौँ प्रदर्शनकारी उत्रिएका छन्। यसरी उत्रने मध्ये धेरैले पहेँलो रङको ब्राजिलियन जर्सी लगाएका छन्। यिनीहरू पहरी र सुरक्षा निकायको पनि प्रतिकार गरी नै रहेका छन्।

गिरफ्तार गरिएका मध्ये एकै दिन १ हजार ५ सय जनालाई प्रहरी एकेडेमीमा ल्याइएको थियो। केहीलाई हिरासतमा राखिएको छ। उनीहरू मध्येका ६ सय जनालाई हिरासतमा राखिएको छ। यी ६ सय लाई नै कम्तीमा ५ दिन त्यही राखिने जनाइएको छ।

मंगलबार सङ्घीय प्रहरी प्रमुखले टोरेस माथि राज्यको सम्पत्तिमा आघात गरेको आरोप लगाए। ब्राजिलियामा सुरक्षा प्रदान गर्न राखिएका रिकोर्डो कापेलोले सरकारी भवन ध्वस्त हनु अगाडी नै त्यसलाई सुरक्षा प्रदान गर्न टोरेस असमर्थ रहेको जनाएको छ।

यो झडप र हिंसा पछि प्रहरीले ब्राजिलियामा रहेको बोल्सेनाराको क्याम्पमलाई क्षतविक्षत बनाइसकेको छ।

कापेलोले १ जनवरीको उद्घाटनका दिन अभूतपूर्व सफलता मिलेको बताएका छन्। २ जनवरीका सुरक्षा निकायको सचिव चयन भएका एन्डरसन टोरेस एक्लै हिँडेर सबै संरचनालाई तहसनहस नै बनाएका थिए। यसै अर्थमा उनले यसलाई तोडफोडका रूपमा लिएका हुन्।

हिंसामा आफ्नो पनि संलग्नता रहेको भन्दै कपोलकल्पित आरोप आफू माथि लगाइएको गुनासो टोरसको छ। उनले त्यस भयानक दुर्घटना भएका दिनलाई आफ्नो व्यक्तिगत र प्रशासनिक जीवनको ठुलो दुर्घटना भएको बताएका छन्। लुलाले पनि सुरक्षा निकायले आफ्नो कर्म गर्न नसकेको गुनासो गरिनै रहेका छन्।

आइतबार बोल्सेनारोलाई नै सत्तामा स्थापित गर्न भन्दै प्रदर्शन सुरु भएको थियो। यो हिंसा भड्काउने पूर्व राष्ट्रपति बोल्सेनारोका समर्थकले यस हारलाई स्वीकार गरेका छैनन्। चुनावमा झिनो मतको अन्तरले परिणाम लुलाको पक्षमा गएको हो। १ जनवरीमा सत्ता हस्तान्तरण गर्नु अगाडी नै उनी अमेरिका गएका हुन्।

बोल्सेनारोले आफू महिनाको अन्त्यमा फर्कन लागेको बताएका छन्। उनले सञ्चार माध्यमले अनावश्यक अफवाह फैलाउँदै आफूमाथि झुटो आरोप लगाइएको दाबी गरे। यो झडप र हिंसा पछि प्रहरीले ब्राजिलियामा रहेको बोल्सेनाराको क्याम्पमलाई क्षतविक्षत बनाइसकेको छ। राष्ट्रपति निर्वाचनको समय देखि सेनाको ब्यारेक अगाडी तयार पारिएको एक संरचना मध्येको यो पनि एक थियो।

बोल्सेनारोको मुख्य सहयोगी तथा उनको सरकारमा कानुन मन्त्री रहेका टोरसे ब्राजिल सरकारको गभर्नर इबनीयास रोजाबाट आइतबार सामुदायिक सार्वजनिक सुरक्षाको सचिव पदबाट मुक्त भएका हुन्। अदालतमा बहस चली रहे पनि सरकारले आफ्नो दलबाट बाहेक अन्य सबै नियुक्तिलाई धमाधम खारेज गर्दै छ।

लुला भने पछिल्लो समय सेनाबाट असन्तुष्ट छन्। उनीहरूले प्रदर्शन रोक्न नकसेकै कारण संसद्बाट आफ्नो काम गर्न असमर्थ रहेको आरोप उनको छ। उनले प्रदर्शनकारीलाई कतिपय प्रहरीले नै सहयोग गरेको दृश्य समेत आफूले देखेको बताएका छन्। अहिले सरकार ती अधिकारीको पहिचान जम्मा गर्न लागी परेको छ। उनले कानुनको बर्खिलाप जाने ती सबैलाई कडा सजाय दिइने बताएका छन्।

पूर्व राष्ट्रपति बोल्सेनारोको छोरा ब्राजिलका सिनेटर ब्लाभियो बोल्सेनारोले गत अक्टोबर देखि मौन रहेका आफ्ना बाबुको नाम यो हिंसासँग जोड्न आवश्यक नरहेको बताएका छन्।

कङ्ग्रेसको क्याम्पस प्रदर्शनकारीले कब्जा गरे पछि सुरक्षा निकायलेसँगै हाँसेर फोटो खिचेको दृश्य समेत सार्वजनिक भइसकेको छ। हिंसा भएको दिन बिहानै संसद् भवन अगाडी प्रदर्शनकारी जम्मा हुन थालेका थिए। इस्पालान्डा एभन्युसम्म त्यो जमात फैलिएर रहेको थियो। त्यो स्थान सरकारी मन्त्रालय र राष्ट्रिय स्मारकहरूले भरिएको स्थान थियो।

प्रदर्शनकारीले आफ्नो गतिविधि सुरु गर्नु अगाडी नै सुरक्षाकर्मी पनि ठुलो मात्रामा जम्मा भएका थिए। संसद् जाने बाटोलाई प्रहरीले घेरा हालेको थियो। हरेक साना छिद्रहरूलाई समेत प्रहरीले कुनै कसर नराखी बन्द गराएको थियो। बाटो हिड्नेहरुको झोला प्रहरीले कडा चेक जाँच गर्ने गरेको थियो।

केही प्रदर्शनकारी बोल्सेनारको चुनावी हारबाट आक्रोशित मात्र थिएनन्, उनीहरू लुला फेरी जेलमा जानै पर्ने बताएका थिए। बोल्सेनारो आफैले गत अक्टोबरमा निर्वाचनमा पराजित भए पछि कुनै प्रतिक्रिया दिएका छैनन्। उनले आफ्ना समर्थकले गरेको यो गतिविधिले खुसी भएका छन्। त्यस खुसीलाई सार्वजनिक रूपमा व्यक्त गरेका छैनन्।

हिंसा भड्किएको ६ घण्टा पछि ट्विट गर्दै उनले यसमा आफूले कनै जिम्मेवारी लिन आवश्यक नरहेको बताइसकेका छन्। मंगलबार पूर्व राष्ट्रपति बोल्सेनारोको छोरा ब्राजिलका सिनेटर ब्लाभियो बोल्सेनारोले गत अक्टोबर देखि मौन रहेका आफ्ना बाबुको नाम यो हिंसासँग जोड्न आवश्यक नरहेको बताएका छन्।

आइतबार उत्रिएको त्यो समर्थन र साहसको अहिले चर्चा भएको छ। विगतमा निर्वाचनमा पराजित हुने पक्षले जित्ने पक्षलाई धाँधलीको आरोप लगाउने क्रम स्वाभाविक थियो। ब्राजिलमा भने यो आरोप मात्र लगाएनन्, लुला कुनै पनि हालतमा राष्ट्रपति पदका लागि योग्य नहुने जनाइसकेको छ।

कुनै प्रमाणविना नै बोल्सेनारोका समर्थकहरूले उनी नै वास्तविक विजेता भएको आवाज उठाउन थालेका छन्। यस घटनाको सबैभन्दा रहस्य भने सामाजिक सञ्जालमा प्रयोग भएको कोड निम्ता थियो। हिंसा भड्किएको ४ दिन अगाडी नै सामाजिक सञ्जालमा कोडको रूपमा “सेल्मा पार्टी” भन्ने शब्द प्रयोग भएको थियो। सेल्माको अर्थ पोर्तुगीज भाषामा जङ्गल भन्ने बुझिन्थ्यो। ब्राजिलमा सेनाको भाषामा यसमा युद्धमा हारेको अर्थ बुझिन्थ्यो।

सामाजिक सञ्जाल र इन्टरनेटको भरपुर प्रयोग गर्दै भएको यो विद्रोहको नयाँ शैली हो।

सामाजिक सञ्जाल टेलिग्राम मार्फत यो कोड भाषा भाइरल भएको थियो। पार्टीको रूपमा केही साङ्केतिक दृश्य पनि भाइरल भई सकेको थियो। यसको अर्थ विद्रोह थियो। सामाजिक सञ्जालमा ५ ठुला टाउको राखिएको थियो। यसै गरी सामाजिक सञ्जालमा “मिल्हो” शब्दको प्रयोग भएको थियो। यसको अर्थ १० लाख हो। मतलब ५० लाख मानिसलाई त्यस प्रदर्शनमा बोलाइएको थियो।

उनीहरूले निःशुल्क बसको साटो “एभ्री थीङ फर फ्रि : वाटर, कफी लन्च, डिनर” भन्ने शब्द राखेका थिए। यसको अर्थ त्यस स्थानसम्म जाने निःशुल्क यातायात भन्ने थियो। सामाजिक सञ्जालको प्रयोग प्रदर्शनकै दिन बिहान पनि भएको थियो। ट्टीटरमा सयौँ मानिस हरियो र पहेँलो रङ्गमा ब्राजिलियामा लामबद्ध भएको दृश्य राखिएको थियो। “पहिलो पाहुना आइसकेका छन्। सबै पाहुना आए पछि केक यहीँ काटिने छ ”, सामाजिक सञ्जालमा उल्लेख थियो।

यस क्रममा टिकटकको भने प्रयोग भएन। धेरैले टिकटकमा यस बारेमा करा राख्दा आइडी नै ब्लक हुने जोखिम देखेकी छिन्। टेलिग्राम मार्फत नै बोल्सेनाराको समर्थकका माझ यो निम्ता सही समयमै पुगिसको थियो।

एक अध्ययन अनुसार ५ जनवरीमा ट्विटरमा सेल्मा प्रयोग भएको थियो। त्यस पछि १ हजार एकाउन्टबाट ५३ हजार पटक यो शब्दको सेयर भएको छ। बोल्सेनारो समर्थकले बिचमा नै आइडी ब्लक हुने जोखिम देखेर विभिन्न फरक सञ्जालको प्रयोग गरेका थिए।

संसारमा धेरै हिंसात्मक झडप र विद्रोह हुने गरेका छन्। ब्राजिलमा भने फरक देखिएको छ। सामाजिक सञ्जाल र इन्टरनेटको भरपुर प्रयोग गर्दै भएको यो विद्रोहको नयाँ शैली हो।

(श्रोत : बीबीसी, सीएनएन)