खेलकुद

सिटीलाई पराजित गर्दै साउथह्याम्पटन सेमिफाइनलमा

By खबरहब

January 12, 2023

काठमाडौँ – म्यानचेस्टर सिटीको इङ्लिस लिग कप (इएफएल) उपाधि जित्ने योजना सकिएको छ । बुधबार राति भएको क्वार्टरफाइनलमा साउथह्याम्पटनसँग २–० ले पराजित भएसँगै सिटीको उपाधि जित्ने योजनामा असफल भएको हो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । जुन निर्णय महंगो साबित बन्यो । सेमिफाइनल प्रवेश गरेको साउथह्याम्पटनको जितमा सेखु मारा र मौसा डिजेन्पोले गोल गरेका थिए । ग्वार्डिओलाले एर्लिङ हाल्यान्ड, केभिन डि ब्रुयना, बर्नाडो सिल्भा र इन्डरसनलाई पहिलो रोजाईमा राखेका थिएनन् ।

सिटीले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । सोही खेललाई लक्षित गर्दै ग्वार्डिओलाले प्रमुख खेलाडीलाई आराम दिएका थिए ।

अर्को खेलमा नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।