फाइल तस्वीर

ब्रेकिङ स्टोरी

शुक्रबार राष्ट्रिय सभा बैठक बस्दै 

By खबरहब

January 12, 2023

काठमाडौं- राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।