राजनीति

पृथ्वीजयन्तीलाई सरकारले उत्सवका रुपमा मनाउने छ : अध्यक्ष लिङ्देन

By खबरहब

January 12, 2023

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने बताएका छन् ।

३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा लिङ्देनले पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रुपमा मनाउने बताएका हुन् ।

पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उनले बताए । उनले योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरुप नै पृथ्वीजयन्तीका विषयमा अनेक नकारात्मक बहस भइरहेको जिकिर गरे ।

उनले पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण बिभिन्न समुदायले गौरव गर्ने ठाँउ बनेको समेत बताए ।