सांकेतिक तस्वीर

देश/प्रदेश

अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

By खबरहब

January 12, 2023

अर्घाखाँची– अर्घाखाँचीको सितगंगा नगरपालिका-४ मा  जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन् । घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो ।

भेडामारेबाट अमराई तर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको जिपले नेपालीलाई बिहीबार बिहान साढे ९ बजे ठक्कर दिएको हो । ठक्कर दिने जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।