राजनीति

संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने

By खबरहब

January 12, 2023

काठमाडौँ – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज बसेको बैठकले संविधानअनुसार बन्न बाँकी कानूनको पहिचान गर्न सांसद विमला राई पौडेलको संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको छ ।

समितिका सदस्यहरूमा उदयबहादुर बोहरा, नारायणदत्त मिश्र, भैरवकुमार श्रेष्ठ र सुरेशकुमार आलेमगर रहेका छन् । बैठकले समितिको निर्देशन कार्यान्वयनको अवस्था अध्ययन अनुगमनसम्बन्धी सांसद देवेन्द्र दाहालको संयोजकत्वमा उपसमिति बनाएको छ ।

उक्त उपसमितिमा अनिता देवकोटा, खिमलाल देवकाटा, गङ्गाकुमारी बेल्वासे र प्रमिला कुमारी सदस्य रहेका छन् । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि सुझाव लिने कामसमेत गरिएको समितिका सचिव मनोजकुमार गिरीले जानकारी दिए ।