समाचार

सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने

By खबरहब

January 12, 2023

काठमाडौं–  क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् ।

उच्च अदालत पाटनले दिएको आदेशमा धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलि रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ । 

 लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ। जिल्ला अदालत काठमाडौँले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। 

सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।