खेलकुद

क्लब बिश्वकपको उपाधि रियल म्याड्रिडले जित्यो

By खबरहब

February 12, 2023

काठमाडौँ – स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ।

साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाइ हराउँदै रियल उपाधी उचाल्न सफल भएको हो ।

रियलका भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए ।

अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल मात्रै गरे पछि उपबिजेतामा सिमित भयो ।

यससँगै उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्ने अवसर पाउँदा पाउँदै पनि चुकेको छ।

रियलले मात्रै यसअघि सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो। पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन्।