ब्रेकिङ स्टोरी

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

By खबरहब

February 12, 2023

काठमाडौँ – सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ।

रास्वपा सरकारबाट बाहिरिएसँगै अप्ठ्यारोमा परेको गठबन्धनले मन्त्रिपरिषद्को पुणर्ता दिने बारेमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डलमा अझै पाँच मन्त्रालय रिक्त छन्।