ब्रेकिङ स्टोरी

चिकित्सकको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटो फिचर)

By खबरहब

February 12, 2023

काठमाडौँ – नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामी अलपत्र परेका छन् ।

ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् ।

स्याङ्जाका एक बिरामी रामेश्वर न्यौपाने भन्छन्, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ तालाबन्दी छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक वरिष्ठ उपरीक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानैदेखि सरकार र चिकित्सक संघका पदाधिकारी बिच वार्ता भइरहेको छ ।