शिक्षा

शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल

By खबरहब

February 12, 2023

अर्घाखाँची – नेकपा माओवादी केन्द्रनिकट शिक्षकहरुको संगठन एकीकृत अखिल  नेपाल शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल चयन भएका छन् ।

जिल्ला सदरमुकाम सन्धिखर्कमा  भएको जिल्ला अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा रुद्रमणि खनाल, सचिवमा वसन्त खडका , सहसचिवमा गणेश बेल्बासे, कोषाध्यक्षमा बिस्नु दर्जी लगायतलाई निर्वाचित गरेको हो ।

त्यस्तै अधिवेशनले छबिलाल चुदालीको अध्यक्षतामा सल्लाहकार समिति  र सकुन्तला रायमाझीको अध्यक्षतामा महिला विभाग सर्वसम्मत गठन गरेको छ ।