बलिउड/हलिउड

मुश्किलले एक्सन हिरो बनेको छु : शाहरुख खान

By खबरहब

February 12, 2023

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानले मुश्किलले एक्सन हिरो बनेको बताएका छन् । बलिउडमा शाहरुखको पठानले धूम मचाईरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज जस्तै होस भन्ने चाहन्छौ, राज त सबैको घरमा छ ।’

शाहरुख खानको पठानले हिन्दी सिनेमामा अहिलेसम्म झन्डै ९०० करोडको व्यापार गरिसकेको छ । छोटो समयमा यति धेरै रकम संकलन गर्ने रेकर्ड कायम गरेको यशराज फिल्मले जनाएको छ ।

यसैबिच, शाहरुख खानले अभिनय गरेको दिलवाले दुल्हनिया ले जायंगेलाई पुन: सिनेमा हलमा उतारेको छ । भ्यालेन्टाइनको अवसरमा उक्त सिनेमालाई पुनस् दर्शक माझ ल्याएको हो । अहिले भारतका ३७ वटा सिनेमा हलमा सो चलचित्र प्रदर्शन भईरहेको छ ।