ब्रेकिङ स्टोरी

लुम्बिनीका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

By खबरहब

February 12, 2023

बुटवल– लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ खुवाएका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका थिए ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारू, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता र कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले शपथ लिएका हुन् ।