आर्थिक

सेयर बजारमा ६०.८८ अंकको गिरावट

By खबरहब

February 12, 2023

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक ६०.८८ अंकले घटेर २११२.७५ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ अंकले घटेर ४०४.४३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जमा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आइतबार १४ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नगदी गु्रप पावर र तेस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ।

आइतबारको कारोबारमा सबै उपसचकहरुमा ओरालो लागेको छ।  कारोबार खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ४.४८ प्रतिशतले बढेको छ।