ब्रेकिङ स्टोरी

उपराष्ट्रपति पदका उमेदवारको अन्तिम नामावली प्रकाशन आज

By खबरहब

March 12, 2023

काठमाडौँ – निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।

उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ।

उमेदवारको मनोनयन दर्ता गरिएको भोलिपल्ट आज उमेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उमेदवारी परेको छ। गठबन्धनबाटै रष्ट्रिय जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकी छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको गरी चार जनाको उमेदवारी परेको छ।

राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति छुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा एमाले र जनमत पार्टीकी उम्मेदवारद्वयले रामसहायप्रसादको उमेदवारी खारेजको मागसहित उजुरी दिएका छन् ‍।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।