फाइल फोटो

राजनीति

कार्यकाल सकिने दिनमै निजी निवासमा सर्दै राष्ट्रपति भण्डारी

By खबरहब

March 12, 2023

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ।

फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ।

नयाँ राष्ट्रपतिको शपथअघि नै ७ वर्षे कार्यकाल सकिने दिनमै राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भएकी हुन्।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।