फाइल फोटो

राजनीति

प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायी महासंघको साधारणसभा उद्घाटन गर्ने

By खबरहब

March 12, 2023

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा आज सुरु हुने भएको छ ।

महासंघको २४ औं साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महासंघले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

साधारण सभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र पाँच सय पर्यवेक्षक सहभागी हुनेछन् ।