फाइल तस्वीर

आर्थिक

७ महिनामा राष्ट्रिय ढुकुटीमा वैदेशिक मुद्राको सञ्चिति १३.८ प्रतिशत वृद्धि

By खबरहब

March 12, 2023

काठमाडौँ- चालु आर्थिक वर्षको सात महिनामा देशको वैदेशिक मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार वैदेशिक मुद्राको सञ्चिती बढेको हो ।

चालु आवको असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर सञ्चिति रहेकोमा माघ मसान्तमा १० अर्ब ५० करोड डलर कायम भएको छ ।

यसअनुसार विदेशी मुद्राको सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।