राजनीति

उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा नौ दलको बैठक जारी

By खबरहब

March 12, 2023

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित नौ दलको बैठक बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको हो ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।