राजनीति

कमल थापाको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्य राजेन्द्र लिङ्देनको राप्रपामा प्रवेश

By खबरहब

March 12, 2023

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले आचार्यसहित विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायतका ४२ जनालाई पार्टी प्रवेश गराएका हुन् ।

आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् ।