तस्वीर- बीक्यू

अन्तर्राष्ट्रिय

आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

By खबरहब

March 12, 2023

काठमाडौँ- भारतका प्रमुख आर्थिक सल्लाहकार अनन्त नागेश्वरनले आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको भएपनि उनले आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका हुन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार उच्च आवृत्ति सूचकांक तीव्र गतिमा सुधार भइरहेको भन्दै उनले चालु आर्थिक वर्षमा मुलुकको कुल ग्राहस्थ उत्पादन ७ प्रतिशत नाघ्ने बताएका हुन् ।

गत आर्थिक वर्ष सन् २०२१–२२ मा मुलुकको वास्तविक कूल ग्राहस्थ उत्पादन १४९.२६ लाख करोड भारतीय रुपैयाँ रहेकोमा यो बढेर १५९.७१ लाख करोड भारतीय रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ ।