फाइल फोटो

राजनीति

वर्तमान सरकारमा सहभागी हुने सोच छैन : राप्रपा अध्यक्ष लिङ्देन

By खबरहब

March 12, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताए ।

उनले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको बताए । त्यस्तै उनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए ।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पारे ।