फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अमेरिकी साम्राज्यवाद पतन भयो : राष्ट्रपति मादुरो

By खबरहब

March 12, 2023

काठमाडौँ- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवाद पतन भएको टिप्पणी गरेका छन् । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताएका हुन् ।

“अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले भने । यद्यपि ह्वाइट हाउसद्वारा प्रायोजित अति दक्षिणपन्थी समूहको अझै पनि प्रभाव रहेको उनले स्वीकार गरे ।

अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेको आरोप राष्ट्रपति मादुरोको भनाइ छ ।

उनले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको बताए । अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेका बताए ।