आर्थिक

आइतबार सेयर बजार ओरालो

By खबरहब

March 12, 2023

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा पुगेको छ ।

आइतबार सेयर बजारमा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा पुगेको छ ।

आइतबार ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको छ । आइतबार शिवम् पावर लिमिटेड करिब १० प्रतिशतले वृद्धि भएको छ ।

यता, शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ८ करोड २१ लाख भन्दा माथिको कारोबार भएको छ ।