फाइल फोटो

राजनीति

सोमबार डाकिएको राष्ट्रियसभा बैठक १० दिनपछि बस्ने

By खबरहब

March 12, 2023

काठमाडौँ- सोमबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक १० दिनपछि बस्नेगरी सारिएको छ ।

सोमबार दिउँसो १ बजे डाकिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस १० दिनपछि बस्नेगरी सारिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् ।

सचिव फुयालका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ बजे बस्नेछ ।