फाइल तस्वीर

राजनीति

कुर्सी ठूलो होइन, काम ठूलो हो : मन्त्री किराती

By खबरहब

March 12, 2023

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, “अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।”

उनले मन्त्रालय जनताको रहेको बताउँदै जनतासँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरे । जनताको प्रगति नै मुलुकको उन्नति रहेको उनको भनाइ छ । त्यसका लागि उनले पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए ।