ब्रेकिङ स्टोरी

झलनाथ खनाल र विप्लवबीच भेटवार्ता

By खबरहब

March 12, 2023

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’सहित नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बिच भेटवार्ता भएको छ ।

आइतबार खनाल निवास डल्लुमा उनीहरुबीच करिब दुई घण्टा छलफल भएको हो । भेटमा वर्तमान समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको बताएको छ ।

त्यसक्रममा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी भएको छ ।