फाइल फोटो

राजनीति

‘जबज संवाद’को दोस्रो शृंखला आज

By खबरहब

April 12, 2023

काठमाडौँ – मदन भण्डारी फाउण्डेसनले जनताको बहुदलीय जनवादबारे ‘जबज संवाद’ को दोस्रो शृंखला आज सञ्चालन  गर्दै छ ।

मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्तबारे कार्यक्रम सञ्चालन गर्दै आइरहेको फाउन्डेसनले दोस्रो शृंखलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरेको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिएका छन् ।

उनका अनुसार दिउँसो साढे २ बजे मदन भण्डारी मेमोरिअल कलेजमा संवाद शृंखला सुरु हुनेछ ।