राजनीति

कांग्रेससँगको वार्ता समाप्त भयो : गोविन्दराज जोशी

By खबरहब

April 12, 2023

काठमाडौँ– नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् ।

आगामी वैशाख १० मा तनहुँ–१ मा हुने उपनिर्वाचनमा निर्णायक देखिएको जोशीको समूहले नेपाली कांग्रेससँगको वार्ता अन्त्य भएको घोषणा गरेका हुन् । 

जोशीले बुधबार विज्ञप्ति जारी गरी कांग्रेस नेताहरूले आफूलाई उपनिर्वाचनका लागि मात्र उपयोग गर्न खोजेको भन्दै आजदेखि कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरे।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । रास्वपाबाट स्वणिर्म वाग्ले उम्मेदवार बनेका छन् ।