सांकेतिक तस्बिर

अपराध

काठमाडौँबाट गाँजासहित दुई जना पक्राउ

By खबरहब

April 12, 2023

काठमाडौँ– काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

३ सय ५० ग्राम गाँजासहित काभ्रे घर भएका १७ वर्षीय किशोरसमेत दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।