फाइल तस्वीर

ब्रेकिङ स्टोरी

२ करोड प्रकरण : रास्वपा सभापति लामिछानेद्वारा सांसद ढाकाकुमार श्रेष्ठसँग छलफल

By खबरहब

April 12, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् ।

मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै विवाद उत्पन्न भएको छ । आफूले प्रसाईँसँग पैसा मागेको विषयलाई सांसद श्रेष्ठले इन्कार गरेका छन् ।

सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ । यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् ।

सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गरेका हुन् । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् ।