ब्रेकिङ स्टोरी

अडियो सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र हो : सांसद श्रेष्ठ

By खबरहब

April 12, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू जोडिएको अडियो सार्वजनिक गर्नु पार्टीविरूद्धको षड्यन्त्र रहेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्रस्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उक्त अडियोमा सत्यता नरहेको जिकिर गर्दै उनले आफू र पार्टीविरुद्ध अडियाे  इडिटिङ गरेर बनाएको आरोप लगाए ।

फसाउने गरि गत जनवरी, फेब्रुअरीमा भएको अडियाे अहिले ल्याएर हाल्नु हाम्रो पार्टीविरुद्ध गरिएको प्रहार रहेको उनको भनाइ छ ।

‘पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो’ उनले भने । यस विषयमा आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनको  दाबी छ ।