फाइल फोटो

राजनीति

बिहीबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक सर्‍यो

By खबरहब

April 12, 2023

काठमाडौँ– संघीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

“मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’ आज जारी सूचनामा भनिएको छ ।