राजनीति

विदेशमा रहेका नेपालीको मताधिकारबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

By खबरहब

April 12, 2023

काठमाडौँ- विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न जारी परमादेश कार्यान्वयन नगरेको विषयमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले सर्वोच्चको परमादेशविपरीत विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरेको विषयमा सरकारसँग कारण माग गरेको हो ।

यसअघि उक्त परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अधिकारकर्मी नन्दराज उपाध्यायले सर्वोच्चमा अवहेलनासम्बन्धी मुद्दा दायर गरेको थिए ।