फाइल तस्वीर

देश/प्रदेश

विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय

By खबरहब

April 12, 2023

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

यसका साथै सोही विश्वविद्यालयका लागि दुई पक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलब्ध गराउनसमेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकमा कोरोना प्रकोपको सतर्कताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सिटौलाले बताए । बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७९ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।