फाइल तस्वीर

देश/प्रदेश

वैदेशिक रोजगार विभागद्वारा तीन अनुगमन समिति गठन

By खबरहब

April 12, 2023

काठमाडौँ- वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित गर्न तीन वटा अनुसन्धान समिति गठन गरेको छ ।

विभागले अनुगमनलाई व्यवस्थित बनाउन तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको हो ।

विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरी विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारी सदस्य रहने गरी अलगअलग तीन वटा अनुगमन समिति बनाइएको जनाएको छ ।

उक्त अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायकलगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायको अनुगमन गर्नेसमेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पु¥याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”