फाइल फोटो

ब्रेकिङ स्टोरी

उड्डयन प्राधिकरणमा १ सय भन्दा बढी पदमा खुल्यो जागिर

By खबरहब

May 12, 2023

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।

प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार जागिर खुलेको हो । प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको छ ।

आजदेखि २१ दिनसम्म उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।