सांकेतिक तस्बिर

समाचार

घरायसी झगडामा आफैमाथि आगो लगाउने महिलाको उपचारको क्रममा निधन

By खबरहब

May 12, 2023

विराटनगर – घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।

सो आगलागीमा परे पछि उपचारका लागि कोसी अस्पताल, विराटनगरमा ल्याइएको थियो। तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए। सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।