अपराध

यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

By खबरहब

May 12, 2023

खोटाङ– खोटाङको शुभम् फाउन्डेसनका सञ्चालक तथा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् ।

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बताए ।

अर्का एक जना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगरपालिका -२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन्