ब्रेकिङ स्टोरी

संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै माइतीघरमा शिक्षकको प्रदर्शन

By खबरहब

May 12, 2023

काठकाडौं– शिक्षकहरू शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् । 

संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

माइतीघरमा शिक्षकसहितको प्रदर्शन भइरहँदा सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन संसद्‌मा पेस गर्ने बताए । उनले संसद्को चालु अधिवेशनमै उक्त ऐन ल्याउने जानकारी दिएका हुन् ।